HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

कट्टि प्रहार गरी हत्या

अजित तिवारी, विराटनगर, असार २८- पुरानो रिसिबिई साध्ने क्रममा प्रहार गरिएको कट्टिले मोरङको ग्रामिण बस्तीमा एकजनाको ज्यान गएको छ। झगडामा अर्का एकजना गम्भीर घाइते छन् भने प्रहरीले कट्टि प्रहार गर्ने पाँचलाई पक्राउ गरेको छ। मृगौलिया-९ सलकपुरमा आइतवार राति दुई पक्षबीच भएको झगडामा ३८ वर्षका भुवन थापाको ज्यान गएको छ। मोरङ प्रहरीका अनुसार पुरानो रिसिबिई साध्ने क्रममा राती भुवनको घरमा पुगेका सुर्य नेपाल समूहले कट्टि प्रहार गर्दा उनको मृत्यु भएको छ। कट्टि प्रहारले गम्भीर घाइते भएका भुवनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनापछि बेलबारी प्रहरी चौकीले सुर्य नेपालसहित ५ जनालाई नियन्त्रणमा लिई सोधपूछ गर्दैछ। झगडामा अर्का एक स्थानीय रोशन थापा समेत गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। बेलबारी प्रहरीका अनुसार पक्राउ परेकाहरुसित सोधपूछ भइरहेकाले हत्या गर्नुको कारण खुल्न बाँकी छ।

काठमाडौं, अषाढ १ - साउदी अरबमा मृत्यु भएका मोरङ, बेलबारीका- ३ रमेश गिरीको शव २२ महिनापछि सोमबार स्वदेश आइपुगेको छ । 

साउदीको राजधानी रियादबाट १२ सय किलोमिटर टाढा खुमेसमुसे सहरमा ०६५ भदौ २ गते सवारी दुर्घटनामा उनको मृत्यु भएको थियो । दुर्घटनामा साउदी ड्राइभर र यमनी महिलासमेत गरी तीन जनाको मृत्यु भएको थियो ।

त्रिभुवन विमानस्थलमा दिउँसो साढे तीन बजे आइपुगेको उनको शव अन्तिम दाहसंस्कार गर्न साँझ बेलबारी लगिएको छ । परिवारका अनुसार मंगलबार दाहसंस्कार गरिनेछ । सोमबारै अर्का मृतक कामदार होमनाथ चौहानको समेत शव आइपुगेको छ । 'समयमा शव आइनपुग्दा निकै तनाव र समस्या भोग्नुपर्‍यो,' आफन्त डम्बर गिरीले भने, 'शव समयमै झिकाउन एमाले, माओवादी, टे्रड युनियनहरू, परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको तहसम्म पुग्दा पनि २२ महिना पर्खनुपर्‍यो । योजस्तो निर्लज्ज काम केही होइन ।'

रियादस्थित नेपाली दूतावासका अनुसार गिरी 'गैरकानुनी रूपमा रहँदा मृत्यु भएको कारणले' शव पठाउन ढिलाइ भएको हो । २०६२ मा काठमाडौंस्थित स्काई ओभरसिजबाट सिगल कन्स्ट्रक्सन कम्पनीमा लेबर काम गर्न गएका थिए । उनीले त्यहाँ सम्झौताअनुसार तलब र सुविधा नपाएपछि दुई वर्षपछि भागेर अलसाफी डेरी कम्पनीमा काम सुरु गरेको एक महिनापछि मृत्यु भएको थियो । 'डेरी कम्पनीमा गिरीले 'रामबहादुर गुरुङ' को परिचयपत्रमा काम गरिरहेका रहेछन्,' दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले कान्तिपुरलाई भने, 'कम्पनीले तत्कालै शव पठाउन अध्यागमन विभागसँग अनुुमति माग्यो । तर अध्यागमनले गुरुङ जिउँदो रहेको बताउँदै शवलाई भिसा दिन्न भनेर रोकिदिएपछि शव पठाउने प्रक्रिया अवरुद्ध भयो ।'

गुरुङ साउदीबाट नेपाल फर्केपछि उसको परिचयपत्र गिरीले प्रयोग गरेका थिए । 'त्यसपछि उनको पुरानो स्पोन्सर पत्ता लगाएर आवश्यक जरिवाना तिरेपछि मात्रै शव पठायौं,' दाहालले भने, 'त्यसका लागि १५ निकायबाट अनुमति माग्नुपर्‍यो ।' 

दाहालका अनुसार स्वदेशमा शव पठाउन शव राखेको अस्पताललाई २० महिनाको शुुल्क ३० हजार रियाल, गैरकानुनी बसेको र नयाँ परिचयपत्र बनाउँदा पाँच हजार रियाल, पहिलाको स्पोन्सरले प्रहरीमा भागेको भनेर दिएको उजुरी रद्द गर्न लागेको दुई हजार र स्वदेश शव ल्याउन लागेको कार्गो दुई हजार एक सय रियाल शुल्क बुझाएको छ ।

'अस्पतालको शुल्क बुझाउन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले ३० हजार रियाल पठाएको थियो । नपुग रकम बोर्डबाट लिने गरी दूतावास आफैंले बेहोरेको छ,' दाहालले भने, 'अस्पतालले दुई महिनाको शुल्क लिँदैनन् । त्यसपछि भने दैनिक ५० रियाल अर्थात् एक हजार रुपैयाँ जरिवाना लागेको छ ।' बोर्डले विदेश जानुअघि कामदारले जम्मा गरेको 'कल्याणकारी कोष' बाट पैसा पठाएको हो । कामदारले विदेश जानुअघि कोषमा एक हजार रुपैयाँ तिरेपछि मात्रै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने गर्छ ।

शव पठाउने स्पोन्सरको जिम्मेवारी दूतावास आफैंले लिएको छ । 'साउदी कानुनअनुसार जसले साउदी आउन अनुमति दिने स्पोन्सर हो । उसको अनुमतिबिना देश छाड्न पाउँदैन । यो मृतकको हकमा समेत लागू हुन्छ,' दाहालले भने, 'तर यसमा भने दूतावास आफंै स्पोन्सर बनेर शव पठाउन सफल भयौं ।'

दूतावासद्वारा दुःख व्यक्त साउदीस्थित नेपाली दूतावासले मृतक गिरीको असामयिक मृत्युप्रति दुःख व्यक्त गरेको छ । 'शव ढिला हुँदा पीडित परिवारले झन् पीडा बेहोर्नुपरेकामा हामी दुःखी छौं,' दाहालले भने, 'रोजगारदाता कम्पनीले भनेअनुसार तलब र सुविधा नपाउँदा रमेश गिरी भाग्नुपर्‍यो । परिणाम यसको कष्ट परिवारले झेल्नुपर्‍यो ।'

दूतावासले वैदेशिक रोजगारीका लागि साउदी आउने कामदारलाई कम्पनी छाडेर नभाग्न र भागेका कामदारलाई स्वदेश फिर्न अपिल गरेको छ । 'यहाँ धेरै रमेश गिरीहरू छन्,' उनले भने, 'हजारौं हराएका छन् । जसको अत्तोपत्तो छैन ।'

छोराको शव कुर्दाकुर्दै आमाको मृत्यु

- भीम घिमिरे

मोरङ (बेलबारी)- छोराको शव कुर्दाकुर्दै पीरले थला परेकी आमा बितिन् । चार वर्ष टेकेकी कान्छी छोरी तनुजाले बाबाको मुहार देखेकै छैनन् । बूढा भएका पिता विह्वल छन् । छोरीहरू दीपा (८), पूजा (७) र पत्नी उदास बसेका छन् ।

राम्रो दामको सपना बोकेर साउदी अरब पुगेर उतै ज्यान गुमाएका बेलबारी-३ का रमेश गिरीको शव आइपुग्न मात्र २२ महिना लागेको छ । रमेश बितेको खबर २२ महिनाअघि नै थाहा पाए पनि आर्थिक अभावले गर्दा समयमै उनको शव आउन सकेन ।

'शव आउँछ भनेर धाउँदा-धाउँदा विदेश जान उसले लिएको ऋणजत्तिकै खर्च भइसक्यो,' ६२ वर्षका पिता रामकुमार भक्कानिए, 'सुर हराएको छ । म पनि बेसुर भएको छु । कसरी चल्छ अब ?'

 

उनलाई छोराको खबरले थला पारेको थियो । रमेशकी आमा पिरोलिएरै गत वैशाख २७ गते दिवंगत भइन् । पत्नी मीना अझै राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् ।

 

भएको सानो भुइँघर/घडेरी राखेर झिकेको ऋणको किस्ता बुझाउन नसक्दा बैंकले लिलामीमा जाने चेतावनी दिइरहेको छ । शोक र दायित्वले बेसुर ससुरा-बुहारी जसोतसो रखर्च टारिरहेका छन् ।

रमेश घरका जेठा छोरा थिए । उनीमुन्तिर भाइहरू शम्भु, विमल र ८ कक्षा पढ्ने किशोर छन् । दाजु बितेकै वर्ष माहिला शम्भु रोजगारीका लागि दुबई पुगेका थिए । विमल पनि गत महिना मलेसिया हान्निए ।

रमेश साउदी जाँदा लिएको ऋणले धेरै असजिलो भएपछि परिवारले भएको एक कट्ठा घरघडेरी बैंकमा धितो राखी २ लाख झिकेको थियो । अनि व्यक्तिगत ऋण तिरियो । पिताले भने, 'रमेशले एकपल्ट ५० हजार ९ रुपैयाँ पठाएको थियो । अब त ऊ नै रहेन ।'

पछिल्लोपटक विदेशिएका भाइमध्येका माहिलाले जाँदा गरेको ऋण तिरे पनि घरमा पैसा पठाउन सकेका छैनन् । 'पढेलेखेको होइन, अनि उसको कम्पनी पनि बन्द छ रे,' उनले सुनाए, 'एकपल्ट १५ हजार पठायो । बैंकको किस्तालाई ठिक्क ।'

गिरी परिवारलाई सहयोग गर्दै आएकी छिमेकी इन्द्राकुमारी तामाङले भनिन्, 'बिजोग कसरी हेर्ने भन्दै जेनतेन सहयोग गर्दैछौं, अब त मैले पनि सहयोग गर्न सक्ने क्षमता रहेन ।' बैंक कर्मचारीले पटक-पटक आएर ऋणको किस्ता नबुझाए लिलामीमा लैजाने भनिरहँदा मन कटक्क हुने उनले बताइन् ।

रमेशको शव निधनको २२ महिनापछि सोमबार काठमाडौं आइपुगेको छ । त्यसलाई ल्याउन कान्छा भाइ किशोर गएका छन् । उनकी आमाको निधनताका संस्कारका लागि ऋणको बोझले थिचिएको परिवार छोराको सद्गत कसरी गर्ने भन्ने चिन्तामा छ ।   

 

निजी बैंकहरू ग्रामीण क्षेत्रतिर आकषिर्त

विराटनगर, जेष्ठ १४ - kantipur
निजी क्षेत्रका बैंकहरू मोरङको ग्रामीण क्षेत्रतर्फ आकषिर्त हुन थालेका छन् । वर्ष दिनको अवधिमा मोरङको कञ्चनबारी, विराटचोक, बेलबारी, उर्लाबारी, लेटाङ र पथरीजस्ता ग्रामीण क्षेत्रका बजारमा दर्जनभन्दा बढी निजी बैंकले शाखा कार्यलय खोलेका छन् । विराटनगरमा दुई दर्जनभन्दा बढी निजी बैंकले कारोबार गर्दै आएका छन् । 

मध्यम वर्गका ग्राहकलाई आकषिर्त गर्न ग्रामीण बजारमा निजी बंैकले शाखा विस्तार गरेको सम्बद्ध बैंकहरूको भनाइ छ । ग्रामीण बजारमा आँखा पुर्‍याउने बैंकहरूमा कुमारी, बैंक अफ काठमान्डु, मितेरी, विराट लक्ष्मी, सानीमा बैंक, सनराइज, पाथीभरा, एस डेभलपमेन्ट बैंकलगायत छन् । 

ग्रामीण क्ष्ेात्रमा शाखा विस्तार गरेका ती बैंकहरूले मध्यम वर्गका ग्राहकहरूको निक्षेप संकलन, ऋण प्रवाह, बैंक ग्यारेन्टी र रेमिट्यान्स वितरण गर्दै आएका छन् । मध्यम वर्गका ग्राहकलाई आकषिर्त गरी सानो लगानी र निक्षेप संकलनका लागि निजी बैंकहरू ग्रामीण बजारप्रति आकषिर्त भएका हुन । विराट ल्ाक्ष्मी बैंकका कम्पनी सचिव हेमन्त न्यौपानेले भने, 'निजी बैंकहरू ग्रामीण क्षेत्रका बजारमा पुगेपछि गाउँका ६० प्रतिशत मध्यम वर्गका ग्राहक समेटिएका छन् ।'

ग्रामीण बजारमा निजी बंैक स्थापना हुँदा सानो रकम जम्मा गर्ने र थोरै कर्जा लिएर सामान्य व्यवसाय गर्ने इच्छा भएका ग्रामीण क्षेत्रका प्रायः सबै मध्यम वर्ग लाभान्वित भएका छन् । न्यौपानेले भने, 'निजी बैंकहरू ग्रामीण बजारमा पुग्दा सबैभन्दा बढी वैदैशिक रोजगारीमा गएका परिवारजन लाभान्वित भएका छन् ।' उर्लाबारी, बेलबारी, लेटाङ, विराटचोक, पथरीजस्ता ग्रामीण बजारमा स्थापना भएका निजी बैंकहरूले रेमिट्यान्स मात्र 

दैनिक सरदर ५० लाख रुपैयाँभन्दा बढी वितरण गर्ने गरेको उनको भनाइ छ ।

मोरङको डाँगीहाट, लेटाङ, पथरी, बेलबारी, केराबारी, जाँते, रमिते, याङशिला, भोगटेनी, बाहुनी, उर्लाबारी, टाँडी, पथरी, उर्लाबारी, बयरवन, केरौनलगायत गाविसका ९० प्रतिशतभन्दा बढी युवायुवती वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । ग्रामीण बजारमा निजी बैंकहरू नपुग्दा उक्त गाविसका अविभावकहरू छोराछोरीले पठाएको रकम लिन विराटनगर आउनुपर्ने बाध्यता थियो । 

ग्रामीण क्षेत्रमा स्थापना भएको एस डेभलेपमेन्ट बैंक उर्लाबारीले गाविसमा समेत डेबिट कार्डको सुविधा दिएको छ । बैंकका म्यानेजर रोशन पाण्डेका अनुसार ग्रामीण क्षेत्रमा निजी बैंकहरू स्थापना भएपछि सामान्य कारोबारका लागि पनि विराटनगर धाउनुपर्ने ग्रामीण जनता लाभान्वित भएका छन् । उक्त बैंकले दैनिक सरदर १० लाख रेमिट्यान्स वितरण गर्ने गरेको छ ।

 

गृहनगरमा सम्मानित नायिका

मोरङको विराटचोकमा जारी विराट महोत्सवमा नायिका रेखा थापाका आमा-छोरीलाई सम्मान गरिएको छ । मोरङको सलकपुर घर भएकी थापालाई नेपाली कलाजगत्मा योगदान गरेको भन्दै महोत्सव आयोजक समिति तथा इन्द्रपुर व्यापार संघले सम्मान गरेको हो । कार्यक्रममा थापासँगै आमा सरस्वती थापालाई पनि सम्मान गरिएको थियो । 

'मैले सम्मान त धेरै ठाउँमा धेरै पटक पाएकी छु तर आपmनै आमासँग आफ्नै घर-गाउँमा सम्मान पाउँदा औधी खुसी लागेको छ ।' सम्मानित भएपछि थापा भनिन्- 'मैले केही गर्न सकेकी छैन । कलाको क्षेत्रमा अलि-अलि मनोरञ्जन दिएको न हो । यो सम्मानले मलाई राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने महसुस गराएको छ ।'

मञ्चमा पुग्नेबितिकै सम्मानको दोसल्ला ओढेकी थापा आपmनै लगानीमा निर्माण भएको चलचित्र हिफाजतको 'वी वान्ट पि|mडम...' गीतको एउटा अन्तरा गुनगुनाउँदै हतार-हतार मञ्चबाट बाहिरिइन् । उनी कार्यक्रम स्थलमा १० मिनेट मात्र बसिन् ।

Copyright 2008, Biratchowk.com,All right reserved.