HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

दुर्घटनामा २७ घाइते

सुनसरी, अषाढ २१ - पूर्वपश्चिम राजमार्गको इटहरी-इन्द्रपुर खण्डमा सोमबार भाडाबाहक बस पल्टदा बसमा सवार २७ यात्रु घाइते भएकाछन् ।  पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख १९४१ नम्बरको भाडा बस अचानक अनियन्त्रित भई पल्टिदा घाइते भएकामध्ये ६ जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकोछ । २१ जनाको चौबिस घण्टे उपचार सेवा बेलबारीमा उपचार भइरहेको पूर्वाञ्चल क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय इटहरीले जनाएकोछ ।घाइते मध्ये बिनोद दाहाल, नमेन्द्र कटुवाल, लक्ष्मी खत्री, ज्ञानबहादुर धीमाल, महेश राई र रमेश धीमालको धरानमा उपचार भइरहेकोछ । बसका चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको छ ।
 जिपचालक सहित १० जना यात्री घाइते 
kantipur जेष्ठ २३ - दुलारी-१ स्थित राजमार्गमा को १च ४३८६ नम्बरको जिप अनियन्त्रित भई शनिबार पल्टिँदा जिपचालक सहित जिपमा सवार १० जना यात्री घाइते भएका छन् । घाइतेको  उपचार सामुदायिक अस्पताल इटहरीमा भइरहेको छ । घाइतेमध्ये इन्द्रपुर-४ बस्ने वर्ष ३० वर्षका मनोज गुरागाईं गम्भीर रहेकाले थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
 
 विराटनगर -कास)- मोरङको सुन्दरपुर- ६ बस्ने धनबहादुर श्रेष्ठलाई छिमेकी लिला राई र खगेन्द्र राईसहितको समूहले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । श्रेष्ठ सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी हुन् । कुटपिट गर्ने दुवैजनालाई प्रहरीले नियन्त्रण्ामा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

 दुलारी-४ बस्ने दीपक विक र सिंहबहादुर खड्काले सोही स्थान बस्ने कुमार पौडेललाई कुटपिट गरी घाइते बनाई फरार भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीले जनाएको छ ।

मधुमल्ला-१ बस्ने हरिबहादुर श्रेष्ठको खेतमा बाँधिराखेको खसीलाई झापा बेलडाँगीका बिर्खबहादुर तामाङ, छकबहादुर राई र वसन्त राई समेतले चोरी गरी लाँदै गरेको अवस्थामा स्थानीय बासिन्दाले नियन्त्रणमा लिई प्रहरी चौकी मधुमल्लामा बुझाएका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । 

मोरङकै डाँगीहाट-५ स्थित राजमार्गमा शनिबार सडक मर्मत कार्यमा खटेका ठेकेदार र मजदुरहरूलाई उक्त गाविसकै राजन पोखरेल र दीपक पोखरेलसहितको समूहले धाकधम्की देखाई निर्माण सामग्री क्षति गरेको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ । 
 
यस्तै माधुमल्ला-९ स्थित सडक खण्डमा ना. ३ ख ८३८३ नम्बरको टिपरको ठकरबाट पैदल यात्री उर्लाबारीकी डाकादेवी बास्तोला घाइते भएकी छिन् । उनको उपचार धरानमा भइ रहेको छ । 

हङकङका अनुभवी फुटबलर- केम लिम्बू    
Written by RAI Dev Raj   
Wednesday, 01 April 2009 13:02

आलोपालो

हङकङका नेपाली फुटबल खेलाडीहरु यस खेलको अवस्थालाई माथि उकास्नका साथै युवाहरुमा फुटबल खेलको क्रेज बढाउँन उद्देश्य लिई विभिन्न फुटबल क्लवहरुको स्थापना गरी सयिक्रताकासाथ लागि परेका छन् । तीनै क्लबहरु मध्येको चुम्लुङ फुटबल क्लवका फुटबलर केम लिम्बू नेपाली फुटबलरहरुमा चर्चित खेलाडी हुन् । प्राय जसो जोर्डनको कुनचुङ मिनि सकर पिचमा उनलाई भेट्न सकिन्छ ।

स्थानीय फुटबलरहरुमा अग्रपंक्तिमा खेल्ने दक्ष खेलाडीको रुपमा परिचित उनी सन् १९९७ सालमा हङकङ आएका खेलाडी केम लिम्बू सानै उमेरदेखि नै फुटबलमा लागेका थिए । उमेरले २७ वर्षपुगेको बताउँने उनी मसिनवहादुर लिम्बू र नरकुमारी लिम्बूका ४ छोराहरुमा माइला छोरा नेपालको चर्चित फुटबल प्रतियोगिताहरुमा समेत नेपाली ब्यावसायिक फुटबल खेलको अनुभव संगालेका थिए । हङकङको एकदशकको फुटबल यात्रामा सबैभन्दा अनुभवी खेलाडी मानिने उनले धरान फुटबल क्लव हङकङ, डायमण्ड फुटबल क्लव, मोरङ फुटबल क्लवजस्ता स्थानीय फुटबल क्लवहरुमा सहभागी भएका उनले पछिल्लो समयमा आएर चुम्लुङ फुटबल क्लवबाट आफ्नो फुटबल कला प्रस्तुत गरिरहेका छन् ।

मोरङ जिल्लाको बिराटचोक स्थायी घर भएका केम लिम्बूले बाल्यकालका सम्पूर्ण समय सोही आसापासमा क्षेत्रहरुमा आयोजना भएका फुटबल खेलहरुबाट अनुभव संगालेका थिए यद्यपी फुटबल खेलको गुणात्मक सीप विकासमा भने हङकङमा आयोजना भएका साना-ठूला अधिकांश फुटबल प्रतियोगिताहरुबाट हासिल गरेका थिए । फुटबलमा लागेर भविष्य बनाउँने अभिलाषा बोकेका उनले फुटबलबाट जीवन चलाउँन नसकेता पनि यसबाट प्रशस्त आत्मासंतुष्टीहरु बटुली रहेका छन् । हङकङको कार्यव्यस्ततामा पनि यहाँका नेपाली युवाहरुमा आफूमा भएको सीपलाई बिनियम गरिरहेका छन् ।

सुकुना माध्यमिक विद्यालयमा माध्यमिक तहसम्मको अध्ययान गरी हङकङ आएका उनी गाउँमा आयोजना भएका फुटबल खेलहरुमा सुकुना फुटबल क्लवमा आवद्ध भई फुटबल खेलमा प्रवेश गरेका थिए । विगत १० वर्षता नियमित अभ्यासरत् खेलाडी केम लिम्बू नेपाली राष्ट्रिय स्तरमा नाम, दाम कमाएका खेलाडीहरु संगै मोरङ - ११ एवं सम्राट स्पोटिङ क्लव बिराटनगरबाट नेपाल तथा भारतमा आयोजना भएका विभिन्न गोल्डकपहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । बुढासुब्बा गोल्डकप, निराजन गोल्डकप, खोर्साने गोल्डकप जस्ता ए डिभिजन प्रतियोगिताहरुमा समेत सहभागी हुने अवसर पाएका थिए ।

नेपाली खेलाडीहरुको सक्रियतामा हङकङमा समेत बी डिभिजन स्तरसम्म खेल्ने मौका पाएका उनले हप्ताको तीन दिन नियमित अभ्यास गर्ने गर्छन् । हङकङमा आयोजना भइरहेका फुटबल प्रतियोगिताहरुबाट हौसिएका उनी नेपाली फुटबलरहरुको भविष्य सुन्दर देखेका छन् । प्रतियोगिता आयोजना भइरहनु पर्छ भन्ने चाहना लिएका उनी जुनियर खेलाडीहरुले चाइनिज लिगहरुमा सहभागीता जनाइरहेका कारण कुनै दिन स्थानीय फुटबलको मुलधारमा उल्लेख्य प्रगति हुन आशा लिएका छन् ।

विगत ३ वर्षता किरात याक्थुङ चुम्लुङको फुटबल टिम 'चुम्लुङ फुटबल क्लव' मा स्टाइगरका रुपमा खेल कौशल देखाइरहेका केम लिम्बूका बारेमा धरान फुटबल क्लवका खेलाडी एवं कोषाध्यक्ष राजु र्राईले उनको प्रशंसा गर्दै अगाडि भने -"खेल कौशल राम्रो छ । केम हङकङका नेपाली समुदायमा सक्रिय खेलाडीहरुको अग्रपंक्तिमा पर्छन् ।" उता अर्का खेलाडी कृष्ण लिम्बू केमका बारेमा भने -"हङकङ ए ग्रेडको स्टाइगर हो । हङकङको नेपाली फुटबलमा उनको योगदान धेरै छ । उनको विपक्षी बनेर धेरै पटक संगै फुटबल खेल्ने मौका पाएको छु । उनको दुबै खुट्टा चल्ने भएकाले हामी डिफेन्सहरुलाई समस्यामा पार्ने गर्छन् ।" केमकै बारेमा जीभीएल फुटबल टिमबाट फुटबल खेली रहेका प्रकाश मगरले पनि केम लिम्बू हङकङमा प्रशंसा गर्न लायक खेलाडी रहेको बताएका थिए ।

यसैवर्षो अन्तिम हप्तामा कउलुन पार्कमा आयोजना हुन लागि रहेको बुढासुब्बा गोल्डकपको दोश्रो संस्करणकालागि आफ्नो क्लव तयारी गरी रहेको केम लिम्बू बताउँछन् । कुलतमा नलागौँ आफूमा भएको खेलकुद सीपहरु विकास गरौं भन्ने संदेश युवा पुस्तालाई दिन चाहने केम लिम्बू लागुपदार्थका सिकार भइरहेका युवाहरुलाई खेलकुदमा लाग्न आग्रह गर्दै केम लिम्बू भन्छन् "फुटबल खेलमा समय दिएमा यसले नयाँ जीवन दिन सक्छ ।"

Copyright 2008, Biratchowk.com,All right reserved.