HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

दुर्घटनामा प्रधानाध्यापकको मृत्यू , दुई जना घाइते

  • सुदिप कोइराला

 

मोरङ्ग, ३२ असार  पुर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लावारीमा शुक्रबार विहान बसको ठक्करवाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लावारी १ आइतवारेका ४५ वर्षिय प्रेमराज भण्डारी रहेका छन् । 
    पुर्वतर्फ जाँदै गरेको ना ३ ख १४४१ नंम्बरको यात्रुवाहक वसले उर्लावारी ६ स्थित मंगलवारेमा सडक पार गर्दै गरेका साइकलयात्री भण्डारीलाई ठक्कर दिई गम्भीर  घाईते बनाएको हो । उनको उपचारको क्रममा विहान ९ वजे प्राथमिक स्वास्थ्य केन्द्र मंगलवारेमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 
     भण्डारी मंगलबारे स्थित चन्दने स्कुलका प्रधानाध्यापक रहेका छन् । उनी विद्यालय ब्यबस्थापन समितीको बैठकमा जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।  ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिइ आवश्यक कारबाही अघि बढाएको जनाएको छ । 
    यसैबीच बिहीबारराती मोरङका छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत इन्द्रपुरमा मोटरसाइकलको ठक्करवाट एक साइकल यात्री बृद्ध गम्भीर घाईते भएका छन् । घाईते हुनेमा इन्द्रपुर ३ का ६० वर्षिय गोपाल थापा रहेका छन । वा ३८ प ५३१६ नंम्बरको मोटरसाइकलले इन्द्रपुर ४ मा साइकलमा सवार थापालाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ । घाइते थापाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 
    यस्तै बिराटनगर ३ मा स्कुटर अनियन्त्रित  भइ दुर्घटना हुँदा एक युवती घाइते भएकी छन । बिहीबारराती ९ बजेततिर बिराटनगर ३ सोमबारे हाट नजिकै बा ३२ प १९८४ नंबरको मोटरसाइकल अनियत्रित भइ दुर्घटना हुँदा बिराटनगर ५ की २३ बर्षीया रोशनी पोखरेल घाइते भएकी हुन । घाइते पोखरेलको हाल नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीले बताएको छ । 

 


डिपार्टमेन्ट आर्कषण
2010-05-10      पुर्वि नेपालमा बजारहरुको विकाससगैं डिपार्टमेन्ट स्टोर प्रतिको आर्कषण पनि बढ्दो छ । पुर्वका विभिन्न ठुलाशहरहरुसगैं साना बजारहरुमा पनि डिपार्टमेन्ट स्टोर खुल्नेक्रम तिव्र छ ।
पुर्वका विभिन्न शहर र बजारमा गरि दुईदर्जन बढी डिपार्डमेन्ट स्टोर खुलिसकेका छन । अझै धेरै बजारमा यस्ता स्टोर खुल्ने क्रममा छन । सुनसरी र मोरङ जिल्लामा अरु जिल्लामा भन्दा धेरै नौ\नौ वटा डिपार्टमेन्ट स्टोर सञ्चलनमा छन । सुनसरीको इटहरीमा ४ वटा, धरानमा ३ वटा, तरहरामा २ वटा डिपार्टमेन्ट स्टोर छन । त्यस्तै मोरङ सदरमुकाम विराटनगरमा एउटापनि डिपार्टमेन्ट नभएपनि विराटचौक, बेलबारी, पथरी र उर्लाबारीमा दुइ\दुइ वटा र लेटाङमा एउटा डिपार्टमेन्ट स्टोर सञ्चालनमा छ । झापाको दमक र विर्तामोडमा दुइ\दुइवटा डिपार्टमेन्ट स्टोर छन भने इलाम र पाँचथरमा एक \एक वटा डिपार्टमेन्ट स्टोर छन ।
डिपार्टमेन्ट
डिपार्टमेन्ट
इटहरी

पुर्वमा
डिर्पाटमेन्ट स्टोर सञ्चालन गर्न सुरुमा धेरै लगानी गर्नु परे पनि यो निरन्तर चलिरहने भएकाले फाइदा हुने बताउँछन् सनराइज डिपार्टमेन्ट स्टोरका सञ्चालक जीवन नेपाल । २०५७ सालमा ३० लाख बढी लगानी गरेको डिपार्टमेन्ट स्टोरमा अहिले डेढ करोड बढी लागनी भैसकेको नेपालको भनाई छ । सुरुमा ६ हजार प्रकारका सामाग्रीबाट सुरु गरिएको डिपार्टमेन्ट स्टोरमा अहिले ४० हजार भन्दा बढी प्रकारका सामानहरु रहेको सनराइज डिपार्टमेन्ट स्टोरले २ दर्जन बढीलाइ रोजगारी पनि दिएको छ ।
बढ्दो शहरीकरणसगै पुर्वमा डिपार्टमेन्ट स्टोर खुल्नेक्रम बढेको भु पु गोरखा डिपार्टमेन्ट स्टोर इटहरीको सञ्चालक समितिका सदस्य मिनबहादुर गुरुङको अनुमान छ । गुरुङ डिपार्टमेन्ट स्टोरलाई विकासको एउटा पाटो मान्छन् । तर पुर्वमै सबैभन्दा ठुलो डिपार्टमेन्टले परिचित इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आर्चाय भने सबैलाई समान मुल्यमा सामाग्रंी उपलब्ध गराउन आफुले डिपार्टमेन्ट स्टोर खोलेको बताउँछन् । पुर्वमा सबैभन्दा पहिले खुलेको आफ्नो डिपार्टमेन्टमा नेपालको विभिन्न जिल्लमात्र नभएर भारतको विहार पश्चिम बङ्गाल, दार्जिलिङ, सिक्किम लागतका ठाउबाट उपभोक्ताहरु आउने गरेको आर्चायले जानकारी दिए ।
डिपार्टमेन्ट स्टोरका सामानमा विश्वसनियता, उचित मुल्य र सामानको उपलब्धताले गर्दा पनि उपभोक्ताहरु अरु पसल भन्दा डिपार्टमेन्ट स्टोर तर्फ आकर्षित भएको आचार्यको अनुभव छ । पुर्वाञ्चलको विभिन्न बजारमा रहेका यस्ता धेरै डिपार्टमेन्ट स्टोरले उपभोक्तालाई सुविधा पुर्याएका छन । शहरमा मात्र नभएर ग्रामिण बजारमा खुलेका यस्ता डिपार्टमेन्ट स्टोरले समान किन्न टाढा टाढा जानुपर्ने बाध्यताबाट ग्रमिण भेगका सर्वसाधारणलाइ मुक्त पार्न खोजेको छ । अर्कातर्फ यस्ता डिपार्टमेन्ट स्टोरले रोजगारी पनि सिर्जना गरेका छन । गोरखा डिपार्टमेन्ट स्टोरले मात्र एकसय ४८ जनालाई रोजगारी दिएको छ ।
यसरी डिपार्टमेन्टमा उपभोक्ता र लगानीकर्ताको बढ्दो आकर्षण जस्तै यी स्टोरहरुलाई व्यवस्थित बनाउँदै अनुगमन गर्नै सम्यन्त्र बनाउनु पनि आवश्यक रहेको छ 


नयाँ वर्षमा नयाँ प्रण

यतिबेला हामी नयाँ वर्षको स्वागतमा छौं । बितेको वर्षमा भएका कमी कमजोरीहरूलाई सच्याएर आउँदो वर्षलाई कसरी फलदायी बनाउने भनेर सोच्नुभएको छ ? निश्चय नै नयाँ वर्षको स्वागतसँगै आउँदो वर्षलाई अर्थपूर्ण बनाउन केही इच्छाशक्ति आवश्यक छ । सकारात्मक इच्छाशक्ति र त्यसको नियमित अभ्यासले जीवनमा परिवर्तन ल्याउँछ ।

कुनै एक शत्रुलाई माफ गरिदिनुहोस् 

सानोतिनो वादविवादका कारण पनि साथीभाइ वा आफन्तबीच मनमुटाव हुन सक्छ । यसरी सधैभरि कसै न कसैसँग शत्रुता साँधेर बस्नु त्यति राम्रो होइन । त्यसैले यस्तो अवस्था भोगिरहनुभएको छ भने उसलाई माफ गरेर पुनः मित्रवत् व्यवहार गर्नुहोस् । यसले तपाईंको सोच र हृदय विशाल छ भन्ने देखाउँछ । 

कुनै एक गलत लत छाड्नुहोस्

आफ्नो जीवनलाई गम्भीरतापूर्वक नियाल्नुहोस् । आफू कुनै न कुनै गलत लत हुनसक्छ । यस्तो गलत लतलाई त्याग्नुहोस् ।

आठ करोड डलरको मेसिनको ख्याल गर्नुहोस् 

यो कुरा सुनेर तपाईंलाई आश्चर्य लाग्नसक्छ कि मानव जीवनको मूल्य ८ करोड डलर बराबर छ । यति मूल्यवान् शरीरसँग आफैंले कुनै किसिमको खेलबाड गरिरहेको हुनसक्छ । त्यसैले आफ्नो शरीर स्वस्थ्य राख्न कुनै एक प्रण गर्नुहोस् । यो नियमले स्वास्थ्य सन्तुलित राख्छ र जीन्दगीको दौड अरू तीव्र भएको महसुस हुनेछ । 

जीवनसाथीको कुनै एक तनाव हटाइदिनुहोस्

यो वर्ष आफ्नो जीवनसाथीको कुनै एक तनाव हटाइदिनुहोस् । यसले पारिवारिक वातावरण सुखमय हुनेछ । 

सन्तानका लागि साताको ७ घण्टा 

बाल मनोवैज्ञानिकहरूका अनुसार व्यस्त जीवनशैलीमा मानिसले आफ्ना बालबच्चाका लागि व्यक्तिगत रूपमा साताको ७ घण्टा दिनु पर्याप्त हुन्छ । 

मातापितालाई प्यारो उपहार 

आफ्ना मातापिताका लागि जे गरिरहनुभएको छ त्यसबाहेक यो नयाँ वर्ष उहाँहरूलाई मन पर्ने कुनै एक उपहार दिनुहोस् वा उहाँहरूको कुनै इच्छा पूरा गरिदिनुहोस् । उहाँहरूले तीर्थयात्रा वा कुनै दान पूण्य गर्न चाहे पूरा गरिदिनुहोस् । उहाँहरूको मुहारमा छाएको खुसी नै तपाइर्ंका लागि अमूल्य उपहार हो । 

दमदार सपना देख्नुहोस् 

यदि सपना नै नहुँदो हो त संसारमा कुनै पनि आविष्कार हुने थिएन । त्यसैले कुनै अर्थपूर्ण सपना देख्नुहोस् । त्यो सपनालाई चोट नपुर्‍यानुहोस् नत कसैलाई चोट पुर्‍याउने अनुमति नै दिनुहोस् । 

हरेक महिना एउटा पुस्तक पढ्नुहोस्

संसारमा कसैले तपाईंलाई धोका दिन सक्छ तर तपाईंले आर्जन गरेको ज्ञानले कहिल्यै धोका दिनेछैन । त्यसैले हरेक महिना एउटा न एउटा उपयोगी पुस्तक पढ्नुहोस् । 

साताको एक घण्टा ईश्वरका साथ

हरेक हप्ता ईश्वरका साथ एक घण्टा बिताउनुहोस् । यो एक घण्टाले मानसिक एवं आत्मिक व्याट्री चार्ज गर्नेछ । आफ्नो कुनै गोप्य कुरा कसैसँग बाँड्नु छ भने, भगवान्का सामु बाँड्नुहोस् । कमसे कम गोप्य कुरा चुहावट हुने सम्भावना त रहँदैन । 

एक दान महादान

यो वर्षलाई सन्तुष्टिले भरपूर बनाउन कुनै एक गरिब बालकको शिक्षाको खर्च उठाइदिनुहोस् । फि, कपडा वा पुस्तकका लागि प्रायोजन गरिदिनुहोस् । जब त्यो बालक कुनै माथिल्लो दर्जामा पुग्नेछ, तब उसले पनि कुनै अर्को असहायलाई सहयोग गर्नेछ । यसरी यो क्रमले निरन्तरता पाउनेछ ।

कुनै एक व्यक्तिसँग क्षमा माग्नुहोस् 

त्यस्तो व्यक्ति जसलाई तपाईंले धोका दिनुभएको छ, दिल दुखाउनुभएको छ वा नराम्रो बोली-व्यवहारबाट अपमान गर्नुभएको छ । आफूमा साहस बटुलेर ऊसमक्ष क्षमा माग्न जानुहोस् । यसबाट तपाईंले हल्का अनुभव गर्नुहुनेछ । 

भीडमा बोल्ने प्रयास गर्नुहोस् 

अति प्रतिभाशाली व्यक्ति पनि यदि आफ्नो प्रतिभालाई प्रभावशाली शब्दमा उजागर गर्न सक्दैनन् भने उनको प्रतिभाको उचित मूल्यांकन हुन सक्दैन । त्यसैले साहस बटुलेर पूर्ण तयारीका साथ श्रोताको भीडको सामना गर्न थाल्नुहोस् ।



सर्पको डसाइबाट वालकको मृत्यु

सञ्जीव चापागाई,झापा १८ चैत

चिकित्सकको लापरवाहिका कारण विरामिको मृत्यु भएको भन्दै मृतकका आफन्तले
झापाको दमक स्थीत नमस्ते हेल्थ केयर सर्पडसाई केन्द्रवाट सव नवुझी आन्दोलनमा उत्रिएका छन। मोरङ्ग इन्द्रपुर ८ का नवराज चापागाईका ३ वर्षिय छोरा सुगमलाई सर्पले डसेपछि उपचारका लागि दकक–१३ स्थीत सो केन्द्रमा भर्ना गरीएको थियो। उनको गयराति साढे ९ वजेतिर केन्द्रमै मृत्यु भएपछि उपचारमा लापरवाहि भएको भन्दै मृतकका आफन्तले उपचार केन्द्रवाट सव उठाउन नमानेका हुन।
अहिले सोहि विषयलाई लिएर इलाक प्रहरी कार्यलय दमकमा अस्पताल,पिडित पक्ष र
प्रसासन विच छलफल भइरहेको छ।घटनालाई लिएर अस्पतालमा तनावसमेत उत्पन्न
भएको दमक प्रहरीले जनाएको छ।

source:dainikee.com

 

विराट महोत्सवमा ४ करोडभन्दा बढीको कारोबार

इटहरी, फागुन २५ (नागरिक)- मोरङको इन्द्रपुरमा सञ्चालित विराट महोत्सवमा ४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मोरङ, झापा, सुनसरीलगायतका जिल्लाका १ लाख ५० हजार दर्शकले अवलोकन गरेको महोत्सवमा सबैभन्दा बढी अटोमोबाइलको कारोबार भएको छ। अध्यक्ष भोलाप्रसाद दुलालले भने- सोचेभन्दा बढीले अबलोकन गरे, कारोबार पनि सोहीअनुसार भयो। यसले हौसला बढेको छ।
ग्रामीण क्षेत्रमा सञ्चालन भए पनि शहरी क्षेत्रमा भन्दा बढी चहलपहल रहेको महोत्सवमा अटो मोवाइल्स, कृषि, ब्याङ्कर्स, आइटी र लुब्रिकेन्ट गरी १ सय ३ वटा स्टल राखिएको थियो। ९ वटा छुट्टै होटलको स्टल पनि राखिएको थियो। महोत्सव अवधिभर चर्चित राष्ट्रिय र स्थानीय कलाकारले दिनहुँ प्रस्तुति गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए 

 


Copyright 2008, Biratchowk.com,All right reserved.