घरै
घर छन् जताततै । वरिपरिका
थरीथरीका । अनेक नामका
। अनेक दामका । अनेक खालका
। अनेक चालढालका । कतै
ओढारे घर छन् । कतै बोक्रे
छन् । कतै पराले छन् । कतै
टाँढे छन् । कतै मुण्डे
छन् । मान्छे जस्तामा
पनि बसेका छन् । जसरी पनि
बसेका छन् । एकपटक भावना
र म बारी जोत्ने चौधरीलाई
खोज्न खोक्सी गएका, घरका
मान्छे उठेकै रहेनछन्
। बाँसको खाँबाखुट्टी
भएको भुइँघरभित्र हामी
पस्यौँ । त्यत्रो घरमा
पनि ढोका रहेछ । मलाई ढोकाले
कौतुहलता जगायो । आखिर
किन राखेको होला चौधरीले
त्यो ढोका ? बाँसका भाटा
सबै खुस्किसकेका छन्
। जमिनबाट तीन फिटजतिमात्रै
अग्लाई छ । आँगनबाट उभिएर
हेर्दा भित्रको दृश्य
सबै देखिन्छ । घरको वरिपरि
माटोले लिपेर बासजस्तो
बनाएको छ । हावा छिर्ने
प्वाल कतै छैन । ढोकोछेऊमा
उभिएर भित्र हेरेँ । पटेरको
गुन्द्रीमाथि लामा छोटा
४-५ जना सुतेका छन् । सबै
घुँडाले चिउँडो जोडेर
कोल्टे फर्केका छन् ।
कात्तिकको महिना, जुटको
पुरानो झल्ला लम्बाइतिरबाट
ओढेका रहेछन् । छेऊतिर
सुतेको चौधरी बुढो हुनुपर्छ,
किनकि उसको छेऊमा पेपरका
ठुटाठुटीहरू थिए र भूइँ
कालै थियो । त्यो स्वर्गीय
आनन्दमा रमाएको परिवारलाई
हल्ला गरेर उठाउन मन लागेन
। कति बहुमुल्य निन्द्रा
थियो उनीहरूको ।

केही नभनी हामी बाहिर
निस्कियौँ । बाटोमा आएर
मैले पुलुक्क त्यो घरलाई
हेरेँ । यो पनि त एउटा आनन्ददायी
घर हो नि । चौधरी आफैँ आयो
बारी जोत्न । तर ऊ घाम
छिप्पिएपछि आयो । मध्यान्हसम्म
जोत्यो । खाना खाएर एकछिन
सुत्यो । फेरि उठेर फरूवा
लिएर गयो । हँ..हँ..गर्दै
छेऊकुना खन्यो । साँझ
परेपछि मैले भनेँ,"चौधरी
दाइ ! आज यहिँ सुत, माथि एउटा
कोठा खाली छ ।"'नाईँ हजुर
! आफ्नै घरमा सुत्छु । मलाई
अर्काको घरमा सुत्ने
आदत छैन । ससुराली मेजमान
खाना जाँदा त निन्द्रा
लाग्दैन' उसले भन्यो ।
"साँच्चै सुत्दैनौ ?" मैले
फेरि खेरेँ । "सत्ते सत्तेहोला
हजुर, मलाई झुठो बोल्न
आउँदैन ।" उसले अड्डी
छाडेन ।
चौधरीको
कुरा सुनेर म चकित भएँ
। घरप्रतिको उसको प्रेम
वर्णन गरिनसक्नुको थियो
। मेरो काठको टाँडे र छाँट
परेको घरलाई उसले एक नजर
पनि लगाएन । मान्छेले
बनाएको मात्र हैन, प्रकृतिले
बनाएको घरमा पनि मान्छे
बस्दा रहेछन् । त्यो कति
न्यानो, राम्रो र सुरक्षित
हुन्छ, उनीहरूलाई नै थाहा
होला तर ढुङ्गाको ओढारमा
पनि जीवन चलेको देखेर
म अचम्मित भएँ ।
६-७ वर्षअघि प्ररायुसंघले
पूर्णागिरी भ्रमणको आयोजना
गर्यो । महाकालीको पूर्णागिरीमा
भारतले एकतर्फी बाँध
बनाएको हल्ला चलेर सदन
पनि अबरूद्ध भयो । डडेलधुराको
३,४ वटा गाविस डुब्ने र
५०,६० हजार मान्छे घरबारविहिन
हुने कुरा सुनेर बाँधस्थलको
अवलोकन गर्न एउटा टोली
पश्चिम लाग्यो । १५,२०
जना सांसदहरू, पत्रकारहरू,
सीमाविज्ञहरूको भीडभित्र
साहित्यकारको कोटामा
मेरो पनि नाम मनोनयन भयो
। ९ दिने भ्रमणको छैठौँ
दिन हामी डडेलधुरा जिल्लाको
आलीताल गाविसमा पुग्यौँ
। त्यहाँबाट बाँधस्थलसम्म
पुग्न दिनभरिजसो जङ्गलै
जङ्गल हिँड्नुपर्ने र
बाटोमा केहि खानेकुरा
नपाइने कुरा थाहा पाएपछि
झोलाभरि चाउचाउका पोका
बोक्यौँ । पानीका बोत्तल
बोक्यौँ । दिनभरि कुरूमकुरूम
चाउचाउ चपाउँदै हिँड्यौँ
। जङ्गलमा भारतीय कर्मचारीले
कोरेका विभिन्न चित्रहरू
भेटिन्थ्यो । आफ्नो जमिनमा
अर्काले कोरेको देखेर
हाम्रा आँखा धपक्क बल्थे
। किचिमिचि पारेर छाडिदिन्थ्यौँ
। रूखका बोक्रा ताछेर
लेखेको ठाउँमा धुलो दलिदिन्थ्यौँ
।
यसरी जङ्गलमा
हिँड्दाहिँड्दै हामी
अजङ्गको भीरमा पुग्यौँ
। तल फेदमा नीलो माहाकाली
नदी चुपचाप बगिरहेको
थियो । पारिपट्टीको भारतीय
पहाडमा कतैकतै मान्छे
हिँडेका देखिन्थे । मध्यान्हको
घामले डसेर उखरमाउलो
भएको थियो । पानीको बोतल
अघि नै रित्तिइसकेको
थियो । थुक आउन छाडेर मुख
चुइ
गमजस्तो भएको थियो । सुइँसुइँ
हिँड्ने बाटो थिएन । जता
खुट्टा टेक्न सजिलो हुन्छ,
त्यतै झारजङ्गल समाएर
हिँड्नुपर्थ्यो । म अलिक
अघीअघि थिएँ । यस्तो हिँडाइ
र यात्रा मेरोलागि सर्वथा
नौलो र रोमाञ्चक थियो
। त्यहीबेला म अजङ्गको
ढुङ्गोमाथि पुगेँ । त्यो
ढुङ्गा हात्ती बसेजस्तो
थुप्रिएको थियो । ढुङ्गामाथि
चढेर फेरि महाकालीलाई
हेरेँ, तल कताकता पहाडको
पिँध कोट्याएर हिँडिरहेको
थियो ।
ढूङ्गोमुनि
मान्छे बोलेजस्तो सुनेँ
। हाम्रै साथीहरू भनेर
बुटाबुटी समाउँदै ओर्लिएँ
। ओहो ! त्यहाँ त घर पो रहेछ
। मान्छे बस्दा रहेछन्
। सिलभरे थालमा खानेकुरा
खाँदै थिए । उनीहरू मलाई
देखेर सशङ्कीत भए । केटाकेटी
जुरूक्कै उठेर ढाँणको
चेपमा बसे । मैले आफ्नो
परिचय दिएँ । हामी ६०-७०
जना छौँ, पुर्णागिरी बाँध
हेर्न आएको भनेँ । उनीहरू
त्यहिँ काम गर्दा रहेछन्
। दुई महिना भयो अरे त्यो
ओढारमा बसेको । थोरै नेपाली
बुझिने भाषामा लोग्नेचाहिँले
भने - हाम्रो त हजुर घर यहि
हो । दिनभरि भारत सरकारको
रोजगारी गर्छौँ, रात परेपछि
यहिँ आएर सुत्छौँ । के
गर्नु, गरिब भएपछि जहाँ
टाउको लुकाउन पाइन्छ
त्यहिँ बस्नुपर्यो नि
।
"अनि घर छैन ?" मैले
आश्चर्य मान्दै सोधेँ
।
"यी क्या त हजुर,
भगवानले यत्ना बढी दिया
हुन् ।" पुरानो साडि लगाएकी
आईमाई बोली ।
२-४
जना लोग्नेमान्छे पहेँला
दाँत देखाएर हाँसे । म
समुहबाट छोडिन्छु होला
भनेर दौडिएँ । जिन्दगीमा
पहिलोपल्ट देखेको त्यो
घरले अहिले मलाई पनि चिमोटी
रहन्छ ।
अँ,
मेरो आफ्नै घर बनाउँदाको
कथा पनि रमाईलो छ । २०४२
सालसम्म मेरो घर थिएन
। घुमन्ते जीवन बिताउँथेँ
। सङ्खुवासभा जिल्लाको
हेदाङ्नामा जन्मिएँ ।
आफ्नै घरमा जन्मे पनि
२ वर्षको हुँदा बुबा खस्नुभयो
। बुबा खसेको २२ दिनपछि
बहिनी जन्मिई । मैले बस्ने
काखमा बहिनी आएर बसेपछि
म घरबाट पाखा भएँ । ८ वर्षको
हुञ्जेल ठूल्यामाको

घरमा बसेँ । त्यसपछी
मामाको पछि लागेर मधेस
झरेँ । केहि वर्षपछी पहाडबाट
आमा आउनुभयो । अनि मामाले
हामीलाई बस्न उहाँकै
मतान दिनुभयो । टाँडमुनि
गाईवस्तु बस्थे । माथि
धान राख्ने खुल्ला टाँड
थियो । त्यसको छेवैमा
एउटा हावादार कोठामा
हामी निर्वाह गर्थ्यौँ
। आमाले बनिबुतो गरेर
छाक टार्नुहुन्थ्यो ।
केहि वर्ष त्यहि मतान
हाम्रो घर भयो । पछि आमा
विवाह गरेकी जेठी छोरी
पछ्याउँदै कान्छी छोरी
चेपेर विराटचौक जानुभयो
। बेलबारी जानुभयो । म
भने पढ्ने बहानामा गाउँमै
घुमीघुमी बस्न थालेँ
। कहाँ बस्न सजिलो हुन्छ,
कसले छोराछोरी पढाइदे
भन्छ, त्यसकै घरमा गुडुल्किन
थालेँ ।
२०४२
सालमा सुन्दरपुर बाँसबारीमा
१ कठ्ठा जमिन किनेँ । जमिनको
मालिक भएपछि अब मलाई घर
चाहियो । घरपनि चाहिने
थिएन होला तर भावनासँग
मन साटासाट भएपछि विवाह
गर्ने कुरा चल्यो । उनले
एकदिन प्वाक्कै भनिन्
- अनि मलाई चैँ कहाँ राख्छौ
त ? कि तिमीलेजस्तै सुर्किने
झोला बोकेर दिनभरि सँगै
हिँड्यो अनि जहाँ रात
पर्छ त्यहिँ बस्यो गर्नु
?
बल्ल मेरो
आँखा खुले । घर चाहिने
रै'छ भन्ने कुरा थाहा पाएँ
। तर घर एक्लै बन्दोरहेनछ
। साथीभाइ इष्टमित्र
सबको सहयोग चाहिँदो रहेछ
। यो कुरा थाहा पाएपछि
मान्छेको घर घर पुगेँ
। कसैसँग बाँस मागेँ, कसैसँग
काठ मागेँ, कसैसँग जन मागेँ,
कसैसँग धन मागेँ । सहयोग
लिननसक्ने कुरामात्र
पैसा हालेर किनेँ । सबैको
साथ सहयोग रहेपछि अँगालोभरिका
खाँबा गाडेर रहरलाग्दो
घर बनाएँ । नयाँ घरमा मनले
रोजेकी बेहुली भित्र्याएँ
। सडकछाप भएर बसेकी आमालाई
पनि ल्याएँ । हामी ३ जनाको
छरितो परिवार नयाँ घरभित्र
चुम्बकझैँ टाँसिएर बस्यो
। ओहो ! घर बनाउँदाको दु:ख
औँला भाँचेर भनिसाध्य
छैन । के के चाहिएको के
के, कतिकति चाहिएको कति
। थुपारेको थुपार्यै
गर्नुपर्ने, सोहोरेको
सोहोर्यै गर्नुपर्ने
। ठूला गोजी भए पो फुत्तफुत्त
निकाल्नु र, सिला खोजेर
ल्याउनुपर्ने । भाग हानीहानी
पुर्याउनुपर्ने । काठले
पुगेन । गाउँका गोरूगाडी
मागेँ । साथीभाइ बटुलेँ
। १०,१२ जना भएर जङ्गल गयौँ
। गस्तीको डर, वनजाँचेको
डर । एउटा कुदेर आउँथ्यो
र 'सलकपुरबाट गस्ती पस्यो
रे' भन्थ्यो । अर्को आउँथ्यो
र 'गुरुङटोलमै देखेको
रे' भन्थ्यो । तेस्रो आउँथ्यो
र 'हँसेनीबाँधमा भाले
खाँदै थिए रे' भन्थ्यो
। 'रे' को हल्ला हैजासरी
फैलिएर कुदेपछि मुटु
ढुकढुक हुन्थ्यो । मुख
च्यापाच्याप हुन्थ्यो
र खुट्टा लगलगी काम्थे
। अनि बटुलेका मान्छेहरू
जाँचबुझै नगरिकन दौडिन
थाल्थे । रित्ता गोरूगाडा
घिसारेर खुई खुई गर्दै
फर्किनुपर्थ्यो । हे
भुर्न हत्ते, चारकोसे
झाडीमा नरबहादुरलाई मुढाले
किचेको घटना, कमल मामाका
राँगा मुढो ठूलो भएर हिलामा
गाडिएको घटना, ७ हल गोरूगाडी
लिएर आउँदा भागाभाग भएको
घटना, घर बनाउँदाका टिठलाग्दा
सम्झनाहरू हुन् । तर जसरी
भएपनि घर बनाएरै छाडेँ
।
२०४३ सालमा
बनेको घर अहिले त बुढो
भयो । घामपानीले खाएर
बरण्डाका खाँवा थोत्रिए
। रेलिङ भत्कियो । २०४५
सालको भुकम्पले मुल खाँबो
भाँसियो । वरिपरि पक्का
घर बनेका छन् । झलिमिलि
सहर भइसक्यो बाँसाबारी
। मलाई भने आफ्नै

बुढोघर प्रिय लाग्छ
। पूर्व कोठामा झ्याल
खोलेर बसेपछि कम स्वर्गीय
आनन्द आउँदैन । मध्यान्हका
ताता घाममा धापिएको मनपनि
आफ्नो घरभित्र पसेपछी
शीत्तल हुन्छ । आत्तिएको
असन्तुलित मन पनि आफ्नो
घरभित्र बसेपछि शान्त
र सन्तुलित हुन्छ । घरले
दिने ऊर्जा बर्णन गरि
साध्य हुँदैन । असन्तुलित
मन घरभित्त पसेपछि सन्तुलित
र सुरक्षित भएको धेरै
अनुभव छन् मसँग ।
आफ्ना हत्केला
घोटेर बनाएको घरले दिएको
शीतलता तपाईँले पनि पिउनुभएको
छ ? अँ, म घरको कुरा गर्दै
थिएँ । साथी वीरेश राईसँग
एकपल्ट अर्का साथी भेट्न
पथरी गएँ । हामीले उनको
घर देखेका थिएनौँ । बल्लबल्ल
बजारको पुच्छरमा बस्छन्
भन्ने पत्ता लाग्यो ।
ओहो ! उनको घर त सखुवाको
काँचा बोक्राले बेरेर
पो बनाएको रहेछ । मैले
काठमाण्डौमा सुर्यबहादुर
थापाको घर देखेको छु ।
घरभित्रै पसेर चिया पनि
खाएको छु । प्रधानमन्त्री
भएको बेला २०४० सालयताका
सबै पञ्चहरू, २०४६ सालपछिका
सबै दलीय नेताका घरमा
पसेको छु । कहिले पत्रिकालाई
अन्तर्वार्ता लिने क्रममा,
कहिले साहित्यिक, सामाजिक
कार्यक्रमको प्रमुख अतिथि
बनिदेऊ भन्ने काममा उनीहरूको
घरघरमा पुगेछु । वैभवले,
सम्पन्नताले बनिएका राजर्षि
महलहरू हाम्रो परिभाषामा
घरभित्र पर्छन् कि पर्दैनन्,
मलाई थाहा छैन तर पथरीको
साथीको घर भने मलाई अविस्मरणीय
लाग्यो ।

केहि महिनापछि काठमाण्डौ
आउँदा ती साथीसँग भेट
भयो । हामी उनको घर गएको
कुरा सुनाएको, गम्लङ्गै
अँगालो मारौँलाझैँ गरे
। तिम्रो गाउँमा गएँ भन्दापनि
आश्चर्य मानेनन् । बुबाआमासँग
भेट भयोभन्दा पनि अनौठौ
मानेनन् तर घर गयौँ मात्र
के भनेको थिएँ, अपनत्वले
उनको आँट हर्हराएर आयो
। राजधानीमा बस्दा पनि
उनलाई झोडाको बोक्रे
घरले तानिरहेको रहेछ
। ओहो ! घरको तागत । घरको
शक्ति । सबैथोक हुनु र
घर नहुनु तर घर हुनु र सबैथोक
नहुनु, कति फरक कुरा । जे.बि
टुहुरेले नयाँ घर प्रवेश
गर्नुभएको छ । मैले अस्ति
भर्खरै सुनेँ ।
आफ्नो घर छाडेर
पाहुन लाग्न जाँदा त्यो
रात कहिले बित्लाजस्तो
हुन्छ । औडाहा हुन्छ ।
छटपटी हुन्छ । ड्याम्म
बस्दा पनि के भन्ने हुन्
भन्ने हुन्छ । टुक्रुक्क
बस्दा पनि बस्नै नजान्ने
रहेछन् भन्लान् । चर्पी
जाँदा पनि हतार गरी दिएँ
कि,धेरै बेर लगाइदिएँ
कि भन्ने हुन्छ । अर्काले
कत्रो अभावमा कत्रा दु:खले
कसरी बसौँला भनेर हाड
घोटेर बनाएको घरमा रङरोगन
गरिसकेपछि आफ्ना पुराना
हाँडाभाँडा लिएर सुमुसुमु
भित्र पस्न पाइला कसरी
सर्दा हुन्, कसरी चित्तले
मान्दो हो । ती कर्मीले
कसरी स्थान दिँदा हुन्
? कसरी बसिरहेको घरलाई
तिलाञ्जली दिएर अर्काको
घरमा पस्न सकिँदो हो ।
कसरी सिन्को पनि नभाँची
अर्काको घरमा बस्न सकिँदो
हो ।