HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarvideosSongs DownloadContact Us
detail article image
डेढ सातासम्म मोरङको विराटचोकवासीको दिन रमझम र रमाइलोमा बित्यो । विराटचौकमा पहिलो पटक सञ्चालित महोत्सवमा राष्ट्रियकलाकारहरूले दिनहुँजसो मञ्च तताए । महोत्सवको रमाइलोमा १२ दिन बितेको प    त्तै नपाएको स्थानीय बासिन्दा प्रकाश खनालले बताए । चर्चित हास्यटेलिसिरियल तीतो सत्य, मेरीबास्सै, भुइूचालो आदिका कलाकारहरूले गरेको प्रस्तुतिको विराटचोकवासी मात्र नभएर आसपासका गाविसहरू बेलबारी, डागीहाट, सुन्दरपुर, हरैचा तथा मृगौलियाका सर्वसाधारणले पनि मनोरञ्जन प्राप्त गरे । 

 कलाकारको प्रस्तुति हेर्न मध्याह्नदेखि चर्को घाममा तालु तताएर बसेका दर्शकहरू जब कार्यक्रम सुरु हुन्थ्यो अनि बिर्सन्थे दिनभरको कस्ट अनि बस्थे तालु चिसो हुन्जेल रातिसम्म । ग्रामिण बजार विराटचोकमा यति धेरै दर्शक आयोजकहरूसमेत छक्क परे । दर्शकका लागि छुट्याइएको ठाउँले नपुगेर नजिकैको घरको छतमा समेत टन्न मानिस देखिन्थे । 

महोत्सवमा तीतो सत्यका दीपकराज गिरी र दीपाश्री निरौला, मेरी बास्सैका सीताराम कट्टेल 'धुर्मुस', कुञ्जना घिमिरे 'सुन्तली', केदार घिमिरे 'माग्नेबूढा', त्यस्तै रवि डंगोल 'बेइमान', नारद खतिवडा आदि कलाकारले १२ दिनसम्म पर्याप्त हँसाए भने हिमाल सागर, तुलसी पराजुली आदिले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे । स्थानीय कलाकारको विभिन्न प्रस्तुतिले कार्यक्रममा अलग रौनक थपेको थियो । 

रमाइलो मात्र नभएर महोत्सवमा कारोबार पनि लक्ष्यभन्दा दोब्बर भएको थियो । डेढ लाखभन्दा बढीले अवलोकन गरेको महोत्सवले ४ करोडभन्दा बढीको कारोबार गरेको आयोजक समितिका संयोजक भोला दुलालले बताए । उनले भने- 'हामीले २ करोडको कारोबार गर्ने लक्ष्य राखेका थियौं । सबैभन्दा बढी अटो मोबाइल्सका सामानको कारोबार भएको छ ।' महोत्सवमा विभिन्न स्किमले गर्दा पनि कारोबार बढेको अनुमान सबैले गरे ।

    

बिराट महोत्सब 

इन्द्रपूर ब्यापार प्रबन्ध समीती बिराट्चोक को आयोजनामा २०६६ फाल्गुन १३ गते देखी फाल्गुन १५ गते सम्म पूर्वाञ्चल क्षेत्रीय कृषि, सास्कृतिक औधोगिक ब्यापार महोत्सब भैरहेकोछ। कृषि पर्यटन् लाई बिशेष प्रबर्धन गर्ने उदेस्यले देशका बिभिन्न क्षेत्रहरुबाट प्रदर्शनहरुको सहभगिता हुने यस् महोत्सबमा बाल बालिकाहरुको मनोरन्जनका लागि रमाइलो मेलाका साथै बालपरिसरको ब्याब्स्था गरिएकोछ भने बिराट कला समुह बिराट्चोक र राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु बाट बिभिन्न सास्कृतिक र हास्य ब्यङय कार्यक्रमको प्रस्तुती भैरहेकोछ/ 

ब्याबसायीहरुको उपभोक्ताहरु सँग प्रत्यक्ष संपर्क हुने यस् महोत्सब्मा स्वदेशी उधोग र उत्पादनको प्रचार-प्रसार तथा बिक्री-बितरण भैरहेकोछ। 

जिल्ला बिकास समिती मोरङ, इन्द्रपूर जेसिज बिराट्चोक र इन्द्रपूर गाउ बिकास समिती सह-आयोजक रहेकाछन भने अफिसियल मिडिया इमेज एफ. एम. ९७०९ मेघाहर्ज र संयन्त्र साप्ताहिक रहेकाछन/

दुङ्माली राइ (चन्द्र किराती) बाट  

 

 





Copyright 2008, Biratchowk.com,All right reserved.